नेप्सेमा नयाँ जिएम भित्रिएकै दिन पुँजीबजारमा भारी गिरावट

Advertisement

काठमाडौं । गएको सप्तान्तमा उत्साहजनक ढंगले बढेको सेयर बजार सोमबार भारी गिरावट भएको छ । बैंकहरुले सेयर कर्जा केही खुकुलो गर्ने बताएपछि उत्साहजनक वृद्धि भएको सेयर बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा नयाँ कार्यकारी प्रमुख आएकै दिन भारी गिरावट भएको हो ।

सरकारले पूर्ववर्ती काँग्रेस सरकारबाट नियुक्ति भएका सबैलाई निकाल्ने क्रममा नेप्सेका महाप्रवन्ध चन्द्रसिंह साउदलाई हटाएर अर्थ मन्त्रालयका उपसचिव लक्ष्मण अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको छ ।

नेप्सले कार्यान्वयनमा ल्याउने भनेको अनलाइन प्रणालीको मिति निरन्तर धकेलिँदै गएको बेला र सेयर बजारप्रति सरकारको स्पष्ट दृष्टिकोण नहुँदा लगानीकर्ता लगानी गर्न उत्साहित हुन सकेका छैनन् । त्यसमाथि पुँजीगत लाभकरसम्वन्धी नयाँ व्यवस्थाले लगानीकर्तामा अन्योलता कायमै छ ।

आजको कारोबार सन्तोषजनक रहे पनि नेप्से भने करिव १८ अंकले घटेको छ । आज ४१ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भयो । जसमा एभरेष्ट इन्स्योरेन्स कम्पनी एक्लैको १४ करोड ८० लाख रुपियाँको कारोबार भएको छ ।

समूहगत कारोबारतर्फ व्यापार र उत्पादनमूलकबाहेक सबै समूहमा गिरावट छ । बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ५८ प्रतिशतले घटेको छ भने बीमा समूहको दुई प्रतिशतभन्दा बढिले घटेको छ ।

Advertisement

Advertisement

Advertisement