नेपाल इन्भेष्टमेन्ट बैंकलाई पहिलो पटक युरोमनी एक्सिलेन्स अवार्ड

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । प्रतिष्ठित अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले बुधबार हङकङमा एसियाका पाँचसय बढी सहभागी कार्यक्रममा बैंकले उक्त पुरस्कार प्राप्त गरेको हो ।

बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहले उक्त पुरस्कार ग्रहण गरेका गरेको बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाकाबारे अध्ययन तथा अनुसन्धान गरेपछि मात्र प्रदान गरिने जनाइएको छ ।

यस बर्षको कार्यक्रममा १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापीरुपमा सहभागिता जनाएका थिए । आठ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटिएम छ ।

Advertisement

Advertisement

Advertisement