साताको सुरुवात सकारात्मक, नेप्से एकल अंकले बढ्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से एकल अंक (तीन दशमलव ६२ अंक)ले बढ्दै एक हजार १९४ दशमलव ८२ अंक कायम भएको छ ।

आज कुल १५४ कम्पनीको सेयर किनबेच भए पनि कारोबार रकम भने बढ्न सकेन् । आज जम्मा १८ करोड ४९ लाख रुपियाँको मात्रै सेयर किनबेच भयो । जसमा सबैभन्दा बढि जलविद्युत लगानी तथा विकास कम्पनीले एक करोड २८ लाख रुपियाँको कारोबार गरेको छ भने बाँकीको कारोबार लाखमा मात्रै छ ।

समूहगत कारोबारतर्फ बाणिज्य बैंक, विकास बैंक, ननलाइफ इन्स्योरेन्स, अन्य र लाइफ इन्स्योरेन्स समूहको उपसुचकहरुमा सामान्य सुधार छ भने होटल, जलविद्युत, वित्त, उत्पादनमूलक र लघुवित्त समूहको उपसुचक भने ओरालो लागेको छ ।

Advertisement

Advertisement

Advertisement