संस्थानको खरिदसम्बन्धी कानुन खरिद ऐन अनुकुल बनाउन अर्थको निर्देशन

Advertisement

काठमाडौं। अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई खरिदसम्बन्धि कानुन संशोधन गर्न निर्देशन दिएको छ।

संस्थानहरुका आफ्नै खरिद प्रक्रिया हुने र त्यसरी काम गर्दा आर्थिक अनुशासनमा प्रश्न उठ्न सक्ने भन्दै अर्थ मन्त्रालयले सार्वजनिक खरिद ऐन अनुकूल हुने गरी आफ्नो खरिद प्रक्रियासम्बन्धि कानुन संशोधन गर्न निर्देशन दिएको हो।

अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले सञ्चालनमा रहेका सम्पूर्ण सार्वजनिक संस्थानहरुलाई पत्राचार गर्दै सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार हुने गरी कानुन संशोधन गर्न निर्देशन दिएको हो।

सार्वजनिक संस्थानहरुलाई आफ्ना खरिद सम्बन्धित कानुन सार्वजनिक खरिद ऐन २०६३ अनुकूल हुनेगरी संशोधन गर्न निर्देशन दिइएको हो, अर्थ मन्त्रालयको निर्देशनमा भनिएको छ।

योसँगै अब सम्पूर्ण संस्थानहरुले आफ्नो खरिद प्रक्रिया पनि सार्वजनिक खरिद ऐन र नियमावलीअनुकूल हुने गरी अघि बढ्नु पर्नेछ।

Advertisement

Advertisement

Advertisement