ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता

Advertisement

कठमाडौं । ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैंकको ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन । यसैगरि कुमारी बैंकका ८५ शाखा कार्यालयहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement