टाटा मोटर्सको छैठौं कार मेला भदौ १ गतेदेखि

Advertisement

काठमाडौं । टाटा मोटर्सको कार मेला यहि भदौ १ गते शुक्रबार बाट तीन काठमाडौंमा हुने भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदीले हरेक वर्ष गर्दै आएको उक्त कार मेलाको यो छैठौं सिजन हो ।

मेलामा टाटा प्यासेन्जर गाडीहरुको प्रदर्शनी, चार लाख सम्मको विषश छुट, दुई लाख सम्मको एक्स्चेन्ज बोनस, अन द स्पट फाइनान्स बीमा सुविधाहरु र टेस्ट ड्राइभ मेलाको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गोलाप्रथाद्वारा एक जोडीलाई यूरोप भ्रमण, एक जोडीलाई थाइल्याण्ड टुर, एक थान हिराको औंठी, दुई जनालाई दुई वर्षको निःशुल्क सर्भिसिङ, तीन जनालाई कम्पनीको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र एक जनालाई छ महिनासम्म निःशुल्क इन्धन दिने भएको छ ।

प्रत्येक भ्यालुएसनमा दुईजनाको लागि फिल्म टिकट र गोलाप्रथामार्फत एक जनालाई वासिंग कुपन र एक जनालाई फुल ट्यांक इन्धन दिने छ । मेलामा निःशुल्क प्रवेसको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement