सरकारले ल्याउन लागेको मल भारतीय बन्दरगाहमा अड्कियो

Advertisement

काठमाडौं । विगतका वर्ष झैं यस वर्ष पनि कृषकले बालिनालीलाई आवश्यक रासायनीक मलको अभाव खेप्नुपर्ने भएको छ । सरकारले ल्याउन लागेको ३० हजार मेट्रिकटन रासायनिक मल भारतीय बन्दरगाह विशाखापटनममा अलपत्र परेको कारण यस वर्ष पनि कृषकले समयमै मल नपाउने अवस्था आएको हो ।

नेपाल ल्याउन लागिएको ३० हजार मेट्रिक टन मल हाल भारतको विशाखापटनम बन्दरगाह आएर थन्किएको छ । नेपाल सरकारले ग्लोबल टेण्डर गरेर इण्डियन पोटाससँग ३० हजार मेट्रिकटन युरिया मल खरिद गरेको थियो ।

विशाखापटनम बन्दरगाहमा अलपत्र परेको उक्त मलको रेल्वे र्याक यही महिनाको १० गतेमात्रै आउने इण्डियन पोटासले जनाएको छ । कम्पनीका अनुसार दुई हजार पाँच सय मेट्रिकटन मल भैरहवाको नौतनवा र दुई हजार पाँच सय मेट्रिकटन मल विरगञ्जको आइसिडि आइपुगेको छ ।

बाँकी मल पनि निरन्तर आइरहेकोले आगामीसातामै कृषकले सहज रुपमा मल पाउने गरी काठमाडौं आइपुग्ने कम्पनीले जनाएको छ । कृषि सामग्री आपूर्ति केन्द्रका अनुसार सुलभ रुपमा मल उपलब्ध हुन अझै एक साता लाग्ने छ ।

Advertisement

Advertisement

Advertisement