श्रीपुरमा हुन्डाईले विभिन्न सेवासुविधासहितको शोरुम सञ्चालन गर्ने

Advertisement

वीरगंज । हुन्डाईले वीरगंजको श्रीपुरस्थित मेनरोडमै शोरुम सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले हुन्डाईका गाडीहरुको बिक्री वितरण गर्न करिब अढाई करोडको लगानीमा विभिन्न सेवासुविधाहरुसहितको आकर्षक शोरुम सञ्चालन गर्न लागेको हो ।

साढे तीन गठ्ठा जग्गामा निर्माण गरिएको उक्त शोरुममा सर्लाही मलंगवाका व्यावसायी एवं अर्किड मोटोकर्पका सञ्चालक मुकेश साहको लगानी रहेको छ । निर्माण कार्यअन्तरगत फिनिसिङको काम भइरहेको र अबको केही दिनमै सञ्चालनमा ल्याउने भवन निर्माणका इन्जिनियर आषिस दाहालले बताए ।

ग्राहकहरुले उक्त शोरुममा ‘थ्री एस’को सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै वीरगंज नाकाबाट नेपाल भित्रेका हुन्डाई गाडीको परिक्षणको लागि पनि कारको अवस्था परिक्षण (पिडिआई)को व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

हुन्डाई को शोरुम यसअघि विरगंजको आदर्शनगरमा थियो । नेपालका लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल रहेको छ ।

Advertisement

Advertisement

Advertisement