निर्माण व्यवसायी महासंघमा काँग्रेसनिकट रवि सिंह विजयी

Advertisement

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा नेपाली कांग्रेसनिकट रवि सिंह विजयी भएका छन्। काठमाडौंमा सम्पन्न महासंघको ११औं अधिवेशनले सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

वामपन्थी समूहबाट प्रतिस्पर्धामा रहेका यक्षध्वज कार्की, कांग्रेसनिकट रामशरण देउजा र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम मानन्धरलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । उनी यसअघि महासंघको वरिष्ठ उपाध्यक्षसम्म भइसकेका व्यक्ति हुन । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाट युवा व्यवसायी निकोलश पाण्डे निर्वाचित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेका छोरा हुन ।

यस्तै एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन्। कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन्।

महाधिवेशनले सातै प्रदेशबाट क्रमसः १ बाट धिरेन्द्र दाहाल, २ बाट सुरेन्द्रप्रसाद सिंह, ३ बाट पेम्बा लामा शेर्पा, ४ बाट राजेन्द्र पहाडी, ५ बाट टोपबहादुर रायमाझी, ६ बाट रत्नबहादुर खड्का
र ७ बाट टेकबहादुर सेटी निर्वाचित भएका छन् ।

Advertisement

Advertisement

Advertisement