मेगा बैंकको एटीएम सेवा विस्तारमा तीव्रता, देशभर ७९ स्थानबाट सेवा प्रदान

Advertisement

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले देशभरका ग्रामिण तथा शहरी क्षेत्रका ग्राहकलाई सहज रुपमा सेवा दिने र उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गरेको छ। यसै क्रममा बैंकले  थप ३ वटा ठाउँमा आफ्नो एटीएम एटीएम सेवा विस्तार गरेको छ ।

बैंकले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीएम सेवा विस्तार गरेको हो ।  यस सँगै ७९ स्थानमा मेगा बैंकको एटीएम सेवा विस्तार भएको छ ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।

Advertisement

Advertisement

Advertisement