शिवम सिमेन्टको आइपीओ बाँडफाँट

Advertisement

काठमाडौं । शिवम सिमेन्टले प्रभावितक्षेत्रका स्थानीयहरुका लागि जारी गरेको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको सेयर बिक्री तथा निष्कासन प्रबन्धक सिद्धार्थ क्यापीटलका अनुसार आवेदन दिएकामध्ये नौ सय ८० जनालाई माग गरेबमोजिमको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले दुई लाख लुई सय ४० कित्ता सेयर मात्रै बाँडफाँट गरेको छ । उद्योगले प्रभावित क्षेत्रका स्थानीयलाई अंकित मुल्य एक सय रुपियाँमा दुई सय रुपियाँ प्रिमियम थप गरी प्रति कित्ता तीन सय रुपियाँमा आइपीओ जारी गरेको थियो । पर्याप्त आवेदन नपरेका कारण स्थानीयले माग गरे बमोजीम सेयर पाएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन १३ गतेदेखि भदौ ११ गतेसम्म प्रथम चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई आठ लाख ८० कित्ता सेयर आइपीओमा निष्कासन गरेको थियो । यो आवधिमा उक्त सेयरको लागि दुई लाख दुई सय ४० कित्ता सेयरको लागि मात्र रिप पुर्वक आवेदन परेको कम्पनीको बिक्री तथा निष्कासन प्रबन्धक सिद्धार्थ क्यापीटलले जनाएको छ ।

यसैगरि कम्पनीले स्थानीयलाई बिक्रीगरी बाँकी रहेको सेयर सर्वसाधारणका लागि थप गरी दोस्रो चरणमा बिक्री गर्ने जनाएको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्दा अंकित मूल्य एक सय रुपियाँमा तीन सय रुपियाँ थप गरी चार सय रुपियाँ प्रतिसेयर पर्ने गरी निष्कासन गर्ने योजनामा रहेको जनाएको छ ।

यसका लागि कम्पनीले दशैं अघिनै नेपाल धितोपत्र बोर्डमा आवेदन गर्ने जनाएको छ । नियामक निकायले स्वििकृति दिएपछि कम्पनीले ५० लाख ७९ हजार कित्ता सेयरहरु प्रतिकित्ता तीन सय रुपियाँ प्रिमियममा निष्कासन गर्ने छ ।

Advertisement

Advertisement

Advertisement