साँखेजुङ्ग र रघुगंगामा माछापुछ्रेको शाखा रहित बैकिङ्ग सेवा सञ्चालन

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले  देशभर आफ्नो शाखा विस्तार गरि बैंकिङ्ग पहुँच बढाउने उद्देश्यले  इलाम र म्याग्दीमा २ शाखा रहित  सेवा सञ्चालनमा ल्याएको  छ । बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा थप दुई शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यी दुवै स्थानका  शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तनी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । उक्त शाखाहरु संगै माछापुछ्रेको  शाखा रहित बैंकिङ्ग सेवाको संख्या २९ पुगेको  छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, दुई वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

 

Advertisement

Advertisement

Advertisement