दशैंपछिको सेयर कारोबार शुभ देखिएन

Advertisement

काठमाडौं । दशैंपछि खुलेको सेयर बजारमा सामान्य गिरावट भएको छ । सोमबार सेयर बजार परिसुचक नेप्से एक दशमलव ९८ अंकले घटेर एक हजार २४४ दशमलव ५४ अंक कायम भएको छ ।

कारोबार पनि १६ करोड ९८ लाख रुपियाँमा सीमित भएको छ । धेरै लगानीकर्ता अझै दशैं मनाउदै गरेकाले पनि कारोबार न्यून रहन गएको हो । जसमा सबैभन्दा बढि प्रभु बैंक एक्लैले तीन करोड २५ लाख रुपियाँको कारोबार गरेको छ । त्यसपछि धेरै कारोबार गर्ने नेपाल बैंकको ९९ लाख रहेको छ ।

आज जम्मा १४१ कम्पनीको सेयर कारोबार भयो । आज होटल, विकास बैंक र वित्तबाहेक बाँकी समूहको उपसुचक ओरालो लागेको छ । सबैभन्दा बढि उत्पादनमूलक समूहको उपसुचक दुई दशमलव ७८ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसुचक सबैभन्दा बढि एक दशमलव १९ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement