माछापुछ्रे बैंकको थप चार शाखारहित बैंकिङ सेवा सञ्चालनमा

Advertisement

काठमाडौं । माछामुछ्रे बैंकले चितवन र गोर्खामा चार वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी काउँपालिका, गोरखाको गोरखा नगरपालिका र गोरखाकै पालुङटार नगरपालिकामा गरी चार वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

हाल सञ्चालनमा आएकासहित बैंकको शाखारहित बैंकिङहरु ३७ वटा पुगेको छ । बैंकले ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित गरेको उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटान्स भुक्तानी गर्नेसाथै कर्जा आवेदन गर्नेसमेत व्यवस्था गरेको जनाएको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्न मिल्ने व्वयवस्था गरेको छ । त्यस्तै चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

माछापुछ्रे बैंकले हाल मुलुकभर ८६ वटा शाखाहरु, दुई एक्स्टेन्स काउन्टर, ३७ वटा शाखारहित बैंकिङ सेवा तथा एक सय एक वटा एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement