नेपालमा हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’द्धारा कभर गीत प्रतिस्पर्धाको आयोजना

Advertisement

काठमाडौँ । हलिउड फिल्म 'बोहिमियन रप्सोडी' ले नेपाली कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ । वितरक कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेको स्पर्धामा भाग लिन चाहनेले बेलायती रक ब्यान्ड 'क्वीन' को कुनै एक गीतमाथि कभर गीत गाउनु पर्नेछ ।

ब्यान्डका लिड भोकलिस्ट फ्रेडी मक्र्युरीमाथि बनेको बायोपिक–म्युजिकल फिल्म कात्तिक १६ गते नेपाल रिलिज हुँदैछ । विजेताले कुनै एक नेपाली लोकप्रिय ब्यान्डसँग मिलेर पर्पल हेज ठमेल, टंगालउड नक्साल, मोक्ष झम्सिखेल र क्लब फरेनहाइट ठमेलमा कन्सर्ट प्रस्तुत गर्न पाउनेछन् । मोक्षमा शनिबार बेलुका कन्सर्ट हुँदैछ ।

फिल्मको शीर्षक पनि मक्र्युरीले सन् १९७५ मा लेखेको हिट गीत हो । जुन ‘अ नाइट एट् द ओपेरा’मा समावेश छ । युकेको चार्ट–बस्टरमा यस गीतलाई अहिलेसम्मकै तेस्रो सर्वाधिक बेस्ट–सेलिङ गीतको रुपमा लिइन्छ । पठाइएका गीतलाई जुरी मतको आधारमा उत्कृष्ट घोषित गरिने एप्पल इन्टरटेनमेन्टले जनाएको छ । एक मिनेट लामो भिडियोलाई विजेताले आफ्नो फेसबुक पृष्ठमा पोस्ट गर्नुपर्नेछ । पहिलोपटक हलिउड फिल्म प्रवद्र्धनका लागि यस्तो अभियान थालिएको समेत एप्पलले जनायो ।

ब्रायन सिंगर निर्देशित फिल्मले ‘क्वीन’ गायक मक्र्युरीको जीवन र सन् १९८५ मा बेलायतको वेम्वली स्टेडियममा उनले प्रस्तुत गरेको लाइभ–एड प्रस्तुतिको कथा भन्छ । मक्र्युरीको भूमिकामा हलिउडमा क्रिटिक्स र गोल्डेन ग्लोब अवार्ड जितेका रमी मलिकले अभिनय गरेका छन् ।

फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो । एप्पल क्वेस्ट इन्टरटेनमेन्टअन्तर्गत मल्टिप्लेक्स चेन क्यूएफएक्सको अन्तराष्ट्रिय फिल्म वितरण कम्पनी हो ।
हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले नेपाली दर्शकमाझ कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ ।

वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेको स्पर्धामा भाग लिन चाहनेले बेलायती रक ब्यान्ड ‘क्वीन’को कुनै एक गीतमाथि कभर गीत निर्माण गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement