दोलखाको कालिञ्चोक केबलकार आजबाट सञ्चालनमा

Advertisement

काठमाडौं । दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा शनिबारबाट मुलुककै तेस्रो केबुलकार सञ्चालनमा आएको छ । दशैं अघि परिक्षण सम्पन्न गरिएको केबुलकार शनिबारदेखी व्यापारिक रुपमा सञ्चालनमा आएको हो ।

केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी–कालीञ्चोक आवतजावत गर्ने पर्यटकलाई सहज भएको छ । केबलकारको चारवटा डब्बाहरु छन् । एउटा डब्बाले एक पटकमा १० जना यात्रुलाई बोक्न सक्ने कम्पनीले जनाएको छ । हाल एउटा डब्बा सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए ।

करिब अढाइ वर्षदेखि निर्माणकार्य सुरु गरिएको कालिञ्चोक केबुलकार ४५ करोड रुपियाँ लागतमा सम्पन्न भएको हो । केबुलकारमा यात्रा गर्न आउने यत्रुले पाँच सय रुपियाँ प्रतिव्यक्ति शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ । कालिञ्चोक गाउँपालिकाका स्थानीयलाई भने केही सहुलियत दिने बताइएको छ ।

स्वीस प्रविधिबाट निर्माण गरिएको केबुलकार मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएसँगै दोलखाको विकासका लागि सहज हुने विश्वास गरिएको छ ।

Advertisement

Advertisement

Advertisement