नेपाली पुँजी बजार नयाँ युगमा प्रवेश, आजदेखि अनलाइन प्रणालीको शुरु

Advertisement

काठमाडौं । आजदेखि नेपालको शेयर बजारमा अनलाइन कारोबार प्रणालीको सुरुवात भएको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले एक कार्यक्रमबीच अनलाइन प्रणालीको उद्घाटन गरी नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आजबाट अनलाइन कारोबार प्रणालीको शुभारम्भ गरेको हो।

यससँगै नेपाली पुँजी बजार नयाँ युगमा प्रवेश गरेको छ । लगानीकर्ताले अब मोबाइल र कम्प्युटरबाट घर वा कार्यालयमै बसेर आफैंले सेयर कारोबार गर्न सक्नेछन् । ब्रोकरहरुले नयाँ अनलाईन सिस्टमबाट कारोबार गर्न सक्ने छन् । कार्तिक महिनाभरी ब्रोकरहरुले मात्र अनलाईन ट्रेडिङ मार्फत कारोबार गर्न पाउने छन् । ब्रोकरहरु अभ्यस्त भईसकेपछि मङ्सिरदेखि लगानीकर्तालाई यसमा समाबेश गराउने नेप्सेको तयारी छ ।

यसको लागि लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ । लगानीकर्ताले ब्रोक्रर कार्यालयबाट युजरनेम र पासवर्ड पाएपछि त्यसलाई बोक्रर कार्यालयले नेप्सको सिस्टमसँग जोड्ने छ ।

Advertisement

Advertisement

Advertisement