सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ ।  साताको दोश्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रति तोला ५९ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५८ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्यमा पनि गिरावट आएको छ।  आइतबार ७३०  रुपियाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement