आइएमई जनरललाई ८० प्रतिशत हकप्रद निष्काशन अनुमति

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले फेरि हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले यसअघि गत असार छ गते चूक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाए पनि हकप्रद निष्काशन गर्न सकेको थिएन ।

कम्पनीले समयमा हकप्रद निष्काशन गर्न नसकेपछि सोही अनुपातको हकप्रद निष्काशनका लागि पुनः बोर्डमा दिएको आवेदनमा बोर्डले अनुमति दिएको हो ।

कम्पनीले पुनः हकप्रद निष्काशनको निवेदन लाई बोर्डले गत कात्तिक १८ गते अनुमति दिएको छ । कम्पनीको हकप्रदमा मंसिर छ गतेसम्म कायम रहेका सेयरधनीहरुले खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement