एनआर्इसी एशियाको साधारणसभा पुष ४ गते, १० प्रतिशत बोनस सेयर प्रस्ताव पारित हुने

Advertisement

काठमाडौं। एनआर्इसी एशिया बैंकले पुष ४ गते २१औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर वितरणको प्रास्ताव पारित गर्नेछ ।

बैंकले चुक्ता पूँजी ८ अर्ब ३ करोड रुीपयाँको १० प्रतिशत अर्थात ८० करोड ३१ लाख रुपैयाँको बोनस शेयर दिने छ। बोनस शेयर बितरण भएसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपियाँ पुग्ने भएको छ। साधारणसभाले गत आर्थिक वर्ष २०७४र७५ को वित्तीय विवरण पारित गर्नेछ। चालु आर्थिक वर्षको लागि पनि पुरानै लेखापरिक्षक टिआर उपाध्याय एण्ड कम्पनीलार्इ नै निरन्तरता दिइने भएको छ।

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर १९ गतेदेखि पुष ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यसका आधारमा बैंकको प्रतिशेयर आम्दानी १६.६२ रुपैयाँ रहेको छ।

Advertisement

Advertisement