राष्ट्र बैंकको नयाँ नीतिले सेयर बजारमा उछाल, नेप्से १२ सय अंक पार गर्यो

Advertisement

काठमाडौं । दुई दिनको लगातार गिरावटपछि सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । बुधबार सेयर बजार परिसुचक नेप्से ३० अंकभन्दा बढिले बढेर एक हजार २१६ कायम भएको छ भने झण्डै ७० करोड रुपियाँको कारोबार भएको छ ।

बैंकहरुले ब्याजदरमा कमी गर्दै एकल अंक प्रतिशत कायम गरेपछि गएको आइतबार ३१ अंकले बढेको नेप्से सोमबार र मंगलबार भने सामान्य गिरावट भएको थियो । आज फेरि साढे २ प्रतिशतले नेप्से बढेको हो । नेपाल राष्ट्र बैंकले पुँजी बजार सहयोग पुग्नेगरी नयाँ नीति ल्याएपछि त्यसको गहिरो प्रभाव सेयर बजारमा देखिएको हो ।

आज सबै समूहमा आकर्षक सुधार देखिएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसुचक सात दशमलव ७९ प्रतिशतले बढेको छ भने व्यापार समूहको उपसुचक छ दशमलव ०५ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा समूहको चार दशमलव ३८ प्रतिशत, होटल समूहको तीन दशमलव ८२ प्रतिशत, वित्त समूहको दुई दशमलव ६७ प्रतिशत, अन्य समूहको दुई दशमलव १३ प्रतिशत, बाणिज्य बैंक समूहको एक दशमलव ७९ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement