सेयर बजारमा सामान्य गिरावट, तर एक अर्ब १२ करोडभन्दा बढिको कारोबार

Advertisement

काठमाडौं । राष्ट्र बैंकको नयाँ नीतिसँगै बुधबार उत्साहजनक ढंगले बढेको सेयर बजार परिसुचक नेप्सेमा बिहीबार सामान्य गिरावट भएको छ ।

दिनभरको कारोबारमा सुधार देखिएको नेप्से अन्तिम समयमा १ दशमलव ०८ अंकले घटेर एक हजार २१५ अंक कायम भएको छ भने कारोबारमा भने अस्वाभाविक वृद्धि भएको छ । नेप्से दिउसो करिव साढे १२ बजे एक हजार २३७ सम्म पुगेको थियो । सेयर बजारमा बिक्री गर्नेहरुको चाप बढेसँगै नेप्सेमा गिरावट भएको हो ।

बुधबार ६९ करोड रुपियाँको कारोबार भएकोमा आज बढेर एक लाख १२ हजार रुपियाँको कारोबार भएको छ । जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड रुपियाँभन्दा बढिको कारोबार भएको छ । समूहगत कारोबारतर्फ उत्पादनमूलक, अन्य र निर्जीवन बीमा व्यवसायको उपसुचकमा सामान्य सुधार भए पनि बाँकी समूहका उपसुचकहरु भने घटेका छन् ।

Advertisement

Advertisement

Advertisement