चितवनको पार्वतीपुरस्थित ओम शिवालय कृषि सहकारीको दोस्रो साधारणसभा सम्पन्न

Advertisement

चितवन । पार्वतीपुरस्थित ओम शिवालय कृषि सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष दीपक लामिछानेको अध्यक्षतामा भएको सभाको उदघाटन भरतपुर महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले गरे । उदघाटन सत्रमा संस्थाका सचिव नारायण चालिसेले संस्थाको भावी योजना सुनाउँदै मल, बीउ, कृषि सामग्री खरिद बिक्री, पशु सुत्केरी भत्ता र कृषि सुचना केन्द्र, पशु बीमा, कृषि बीमा, जीवन बीमा, आधुनिक कृषि हाट बजार व्यवस्थापन गर्ने तयारी भइरहेको भन्दै संस्थाको सेयर पुँजी पनि वृद्धि गरिने बताए ।

वडाध्यक्ष अधिकारीले कृषि सहकारी संस्था पार्वतीपुरमा खोलिएकोमा खुसी व्यक्त गर्दै कृषि र सिंचाईका विषयमा कुनै पनि सहयोग गर्न आफू तयार रहेको बताए । उनले पशु बीमा, कृषि बीमा राम्रो कार्यक्रम हो भन्दै वडा कार्यालयले पनि चालु आर्थिक बर्षमा पशु पालनलाई प्रोत्साहन स्वरुप अनुदान कार्यक्रम संचालन गर्न लागेको बताए ।

खुल्ला सत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी चितवन शाखाका प्रमुख घनश्याम पुरी, प्रयास बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश रावल, साना किसान महिला बचत तथा ऋण संस्थाकी अध्यक्ष शर्मिला थापा, ओमश्री कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण सापकोटा, युवा समाजसेवी नारायण आचार्य तथा वडा सदस्य राजु तामाङले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

बन्द सत्रमा लेखा समितिको संयोजक चोकनारायण श्रेष्ठले आफ्नो समितिको आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थाका विशेष सहयोगी, असल बचतकर्ता, असल ऋणी र सभामा उपस्थित अथितिहरुलाई वडाध्यक्ष अधिकारी र संस्थाका संस्थाहकार संयोजक नेत्रप्रसाद सापकोटाले वितरण गरेका थिए ।

बन्दसत्रमा उठेका प्रश्नहरुको जवाफ संस्थाका उपाध्यक्ष टेकनाथ लामिछाने दिएका थिए । संस्था विकासका संयोजक तथा हार्ट बजार व्यवस्थपान समितिका संयोजक मनोज बरालले हार्ट बजारको निर्माणकार्य छिट्टै सुचारु हुने भन्दै सहभागीहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन कोषाध्यक्ष कमल घिमिरे गरेका थिए । सभा सम्पन्न भएपछि सहभागीहरु पिकनिकमा सहभागी भएका थिए ।

Advertisement

Advertisement

Advertisement