‘अब डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गछौं, ५० लाख युवालाई स्वदेशमै फर्काउछौं’

Advertisement

वीरगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताएका छन् ।

वीरगञ्जमा बिहीबार आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुलोको विस्तारबाट आयात प्रतिस्थापन गरिने बताए ।

उनले भने, ‘हाल दुई खर्ब जति डिजेल र पेट्रोल आयात गरेर गाडी सञ्चालन गरेका छौं । त्यसलाई विद्युतीय गाडीले प्रतिस्थापन गर्छाै । ४० अर्ब बराबरको ग्यास ल्याएर खाना पकाएका छौं, त्यसलाई विद्युतीय चुह्लो प्रयोग गरेर प्रतिस्थापन गर्छाै । विद्युतको प्रयोगबाट ग्यास, डिजेल आयात प्रतिस्थापन गर्छाै ।’

मन्त्री पुनले विगतमा आन्दोलनका लागि अन्तक्र्रिया र जमघट हुन्थ्यो, अब विकास, समृद्धि, घरघरमा रोजगारीका लागि हामी बहस गरिरहेका छौं भन्दै विदेशमा रोजगारीमा रहेका ५० लाख युवालाई रोजगारी सिर्जना गरेर स्वदेश फकाएउँछौं भने ।

उनले भने, ‘दुःख गरेर हुर्काउने, पढाउने र तयारी अवस्थाको जनशक्ति सस्तोमा विदेशीले प्रयोग गरिरहेका छन् । अब देशभित्र नै समृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना गर्ने बाटोमा लागेका छौं । आज हामीलाई विकास र समृद्धिको बहस जरुरी छ ।’

दीगो विकास लक्ष्य पूरा गर्न आगामी सन् २०३० सम्म सबै नेपालीलाई आधुनिक, विद्युतीय उर्जाको पहुँचमा पुर्याउनुपर्ने भएपनि आगामी ३ वर्षमै विद्युत् विस्तार हुने गरी काम भइरहेको मन्त्री पुनले बताए । विद्युत्को पहुँच विस्तारका लागि विभिन्न तहका सरकारले एउटै प्रतिवद्धताका साथ काम गर्नुपर्ने उनको भनाई थियो ।

पुनले भने, ‘हामी केही वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिमा जान्छौं । यो दशकमा ९–१० प्रतिशतको हाराहारीमा आर्थिक बृद्धि हुनेछ । त्यसका लागि विद्युत् र सिँचाइको लक्ष्य निर्धारण गरेर योगदान गर्छाै । आगामी १० वर्षमा कम्तिमा १० हजार मेगावाट हामीलाई चाहिने विद्युत्को बजार बनाउँछौं । औद्योगिकीकरण गर्छाै ।’

वर्षभर सिँचाइयोग्य संरचना निर्माण गरेर कृषिको उत्पादकत्व बढाइने उनले बताए । उनले भने, ‘अब केन्द्रले ठूला आयोजना गर्छ । प्रदेशले मझौला सिँचाइ र स्थानीय सरकारले साना आयोजना गर्छ । कृषिमा दुईतिहाई जनता आवद्ध छन् । सबैलाई सिँचाइको पहुँचमा पुर्याउनुको अर्थ दुईतिहाई जनतालाई फाइदा पुर्याउनु हो ।’

सिँचाइ सुविधा विस्तार गरेर उत्पादकत्व बढाइने मन्त्री पुनको भनाई थियो । उनले भने, ‘तरकारी, माछा आयात गरिरहेका छौं । सिँचाइ सुविधा दिएर त्यसलाई विस्थापित गर्छाै । तरकारी, धान बाली उत्पादन गर्छाै । बजारीकरण हुन्छ । आधुनिक उत्पादन हुन्छ । यान्त्रीकरण पनि हुन्छ । ५०ं लाख युवालाई देशभित्र ल्याउँछौं । युवालाई स्वरोजगार बनाउँछौं । गाउँमै परिवारसँग बसेर लाखौं कमाउन सक्ने र सम्मानित जीवन बिताउन सक्ने बनाउँछौं ।’

Advertisement

Advertisement

Advertisement