लगानीकर्ताको आन्दोलनलाई अवाञ्छित भन्दै संयमित हुन धितोपत्र बोर्डको आग्रह

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुले गरेको आन्दोलनमा देखिएका अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनमा रहेका सेयर बजारका लगानीकर्ताले सोमबार सेयर कारोबारमा अवरोध पुर्याउने प्रयास गरेपछि बोर्डले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

मंगलबार प्रेस विज्ञप्ती प्रकाशन गर्दै बोर्डले ’दोस्रो बजार कारोबार रोक्ने सम्बन्धि भएका अवाञ्छित स्थिति सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको,’ जनाएको छ ।

मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान एवं सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन भएको र समितिले प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै बोर्डले संयमित हुन आग्रह गरेको पनि गरेको छ । ।

समितिले विभिन्न सरोकारवालासँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताका मागसमेत सम्बोधन हुने बोर्डले जनाएको छ ।

सेयर बजार सुधारका लागि भन्दै लगानीकर्ताको एउटा समूह अहिले आन्दोलनमा छ । त्यही समूहका दुई जना आमरण अनसन बसिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement