लिवर्टी ईनर्जी कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

Advertisement

काठमाडौं– लिवर्टी इनर्जी कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

लिवर्टी इनर्जी कम्पनीद्धारा प्रवद्र्धित लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतको लागि साधारण शेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी र बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

कम्पनीको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेकोमा उक्त पूँजीको १०% का दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई र थप १५% अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यसरी शेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी रु.१ अर्व ५० करोड हुनेछ । यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविक फलेनी र ढोडेनी गा.वि.स) मा अवस्थित छ ।

उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा  पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावरहाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु साईट सम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको लिवर्टीले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करीब ८५% सम्पन्न भई सकेको छ साथै आगामी चैत्र मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Advertisement

Advertisement

Advertisement