शिवम् सिमेन्टको नयाँ योजना, सुनको सिक्का देखि १ हजार सम्मको नगद पक्का

Advertisement

काठमाडौं  । हरेक वर्ष आफ्ना ग्राहकहरुलाई लक्षित गरि कदर स्वरुप नयाँ नयाँ योजनाहरु बजारमा ल्याउँदै आइरहे शिवम् सिमेन्ट्स लिमिटेडले यसपटक पनि आफ्ना ग्राहकहरुलाई लक्षित गरि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको छ ।

यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागु गरिएको छ । यस योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्राम देखि १० ग्राम सुनको सिक्का वा १ सय देखि १ हजार सम्मको नगद पक्का जित्न सकिने कम्पनीले जनाएको छ ।

नगद पुरस्कार तुरुन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने, सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरि नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की–ड्र बक्समा हाल्नु पर्नेछ । संकलित कुपनहरुलाई राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण मार्फत लक्की–ड्र गरि विजेताहरु चयन हुनेछन् ।

विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिईनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्राप्त गर्न सक्नेछन् । शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाइजको नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । “गुण्स्तरको पहिचान हो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “क्वालीटीको मामलामा नो कम्प्रोमाईज”तथा “अटुट कम्प्रेसिभ स्ट्रेन्थ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले अग्र स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement