प्राइम  कमर्सियल बैंकले १६ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौं । अधिकांश बैंकहरुको रोजाइमा नगद लाभांश वितरण परेको बेला प्राइम कमर्सियल बैंकले भने १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

बैंकले गत बर्ष एक अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक अर्ब ९४ करोड रुपैयाँ नाफा गरेको छ ।

प्राईम कमर्सियल बैकको हाल चुक्ता पूँजी आठ अर्ब तीन करोड रुपैयाँ छ । बोनस वितरणपछि बैकको चुक्ता पूँजी नौ अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement