पुरुषको शरिरमा भेटियो पाठेघर र अण्डाशय

Advertisement

काठमाडौं । भारतमा एक पुरुषको शरीरबाट महिलामा हुने अंगहरु भेटिएपछि चिकित्सकहरु नै छक्क परेका छन् । मुकेश(नाम परिवर्तन) की पत्नीले भनिन– मेरा पतिको शरीरभित्र महिलामा हुने अंग छन् भन्ने पत्तै पाइन न त पतिले नै थाहा पाए । मुकेशको शरीरबाट महिलामा हुने अंगहरु गर्भाशय,अण्डाशय तथा फ्यालोपियन ट्युब लगायत हालै शल्यक्रिया गरी निकालिएको बीबीसीले लेखेको छ ।

उनकी पत्नी मान्यता(नाम परिवर्तन)का अनुसार मुकेश सानै उमेरदेखि नै हर्निया रोगबाट ग्रसित थिए । यसका कारण उनलाई असह्य पीडा भने भइरहन्थ्यो । काम गर्न पनि उनि सक्दैनथे । त्यसपछि उनको परिवारले उनको शल्यक्रिया गर्नको लागि पाटलिपुत्रा मेडिकल कलेज एण्ड हस्पिटलमा लगेका थिए ।

उक्त अस्पतालमा जब डाक्टरहरुले मुकेशको हर्नियाको शल्यक्रिया गर्नेक्रममा गरिएका विभिन्न परीक्षणबाट यस्तो अनौठो रहस्य थाहा पाए अनि परिवारलाई बताएका थिए । मुकेश की पत्नीले यो सब थाहा पाएपछि आफूलाई निकै ठूलो झड्का महसुस भएको बताइन् ।

उनले भनिन–५ वर्षअघि मेरो विवाह एक नौजवान युवकसँग भएको थियो, उनको शरीरमा महिला अंग पनि छ भन्दा म मान्नै तयार भइन्,विश्वास नै लागेन, सपना जस्तो लाग्यो । उनले भनिन–यो सब थाहा पाएपछि म बेस्सरी रुन लागे,त्यसपछि डाक्टरहरुले मलाई सम्झाएकी मेरो पतिको पुरुषार्थमा यसले केही असर गर्ने छैन किनकी महिला अंगजती सबै निकालिसकिएको छ ।

उनकी पत्नीका अनुसार मुकेशलाई यो विषयमा केही पनि बताइएको छैन । परिवारका अनुसमार मुकेशमा महिलामा हुने कुनै पनि चालचलन तथा लक्षण केही पनि देखिने गरेका थिएनन ।उनी बाहिरबाट हेर्दा र क्रियाकलाप पनि सबै पुरुषकै गर्दथे ।

Advertisement

Advertisement

Advertisement