युनियन लाइफले ल्यायो ‘घातक रोग सम्बन्धी’ बिमा योजना

Advertisement

काठमाडौं । युनियन लाइफ इन्सुरेन्सले ‘घातक रोग सम्बन्धी’ बिमा योजना ल्याएको छ ।


कम्पनीले विभिन्न १८ प्रकारका घातक रोगका लागि यो बिमा योजना सार्वजनिक गरेको हो । कडा प्रकृतिको क्यान्सर, बोनम्यारो प्रत्यारोपण, अल्जाइमर्स, बहिरोपना लगायतका घातक रोगहरुको उपचारका लागि यो बिमा योजना लिन सकिने कम्पनीले जनाएको छ । यो योजनामा १६ वर्षदेखि ६० वर्षसम्मका मानिस सहभागी हुन सक्नेछन् ।


बिमा योजना कम्पनीको शाखा तथा बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत पाइने छ । कम्पनीले बिहीबार पत्रकार सम्मलेन गरेर हालको जारी पुँजीको ३०% का दरले ६४ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने पनि जानकारी गराएको छ । हाल कम्पनीले १० प्रकारको बिमालेख सञ्चालनमा ल्याएको छ ।

Advertisement

Advertisement