हिमालयन बैंकको मास्टरकार्डबाट कारोबार गर्दा २० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौ । हिमालयन बैंकले आफ्ना ग्राहकवहरुको लागि औपचारिक रुपमा मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुभारम्भ गरेकोे छ ।

यो सुविधासँगै हिमालयन बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा २० प्रतिशतसम्म छुट पाउने छन् । यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यस बाहेक मास्टरकार्ड धारी ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् ।

बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषण गरेका हुन ।

Advertisement

Advertisement

Advertisement