सुनको मूल्य बढ्यो

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६० हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर प्रतितोला ६० हजार छ सय रुपियाँ पुगेको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५१ हजार नौं सय ५५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेर सात सय ६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ५१ रुपियाँ पाँच पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement