होटल संघले त्रिअ विमानस्थलमा बनायो कलात्मक चौतारी

Advertisement

काठमाडौं । होटल संघ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मौलिकता झल्कने कलात्मक चौतारी विमानस्थललाई हस्तान्तरण गरेको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भित्रिने पर्यटकहरुको आकर्षण र मनमोहक बनाउन सुरु गरिएको बुटिक एयरपोर्टकोे अभियानलाई निजी क्षेत्रको तर्फबाट मुख्य प्रवेशद्वारको दुवै तर्फ कलात्मक चौतारी बनाइएको संघका अध्यक्ष अमरमान शाक्यले बताए ।

होटल संघ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबीच विमानस्थल मुख्य प्रवेशद्वार क्षेत्रदेखि दुवैतर्फ अपरेशन भवन फाउन्टेनसम्म हरियाली तथा सौन्दर्यीकरण गराउने काम सम्पन्न भई सञ्चालनमा रहेको र राम्रो व्यवस्थापन पनि भइरहेको शाक्यले बताए ।

संघका महासचिव विनायक शाहले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पूर्व सन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यलाई थप ऊर्जा तथा प्रोत्साह गर्ने अभिप्रायले विमानस्थल प्रवेशद्वार दायाँ वायाँ खाली रहेको स्थानमा संघले कलात्मक चौतारी निर्माण गरेको बताए ।

साथै, अध्यक्ष शाक्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई उक्त बगैंचा तथा चौतारी हस्तान्तरण गरे ।

Advertisement

Advertisement

Advertisement