अपांग बालबालिका पाल्दै आएको झापाको एक संस्थालाई एनएमबि बैंकले भवन बनाइदिने

Advertisement

काठमाडौं । झापाको कन्काई नगरपालिकाको वडा नं. ४ स्थित त्रिवेणी चोकमा रहेको पुकार अपांग सेवा समाजको भवन निर्माण गर्न एनएमबि बैंकले आर्थिक सहयोग गरेको छ ।

कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले संस्थाका बालबालिकाका लागि भवन निर्माण गर्न एक कट्ठा जग्गा दान दिएपछि एनएमबिले भवन बनाइदिन तयार भएको हो । आइतबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष पवन गोल्याण र मेयर पोखरेलले संयुक्तरुपमा भवन निर्माणको शिलान्यास गरे ।

मेयर पोखरेलले परोपकार गर्नु नै धर्म हो र अरुलाई दुःख दिनु धर्म हो भन्ने हाम्रो धार्मिक मान्यता रहेकोले पुकार अपांग सेवा समाजले निकै कष्टका साथ हेरचाह गरिरहेका पीडित अपांग बालबालिकाका लागि सहज ढंगले पालनपोषण गर्न जग्गा दान दिएको बताए ।

उनले संस्थाको भवन निर्माण गर्नेदेखि झापामा व्यवसायिक प्राङगारिक खेतीलाई अघि बढाउन एनएमबि बैंकले काम अघि बढाएकोप्रति आभार प्रकट गरे । अन्य क्षेत्रका साथै कृषिका क्षेत्रमा अरु बैंकहरुले पनि काम गर्नुपर्ने पोखरेलले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकहरु भनेका पैसा बनाउने, ठगी गर्ने भन्ने कुरा गलत हो भन्दै यो सोचाईमा परिवर्तन गर्न र यो समाजलाई केही गर्दा त्यसको लाभ बैंकलाई पनि हुन्छ भनेर आफूहरुले यस्ता काममा सहयोग गर्ने गरेको बताए ।

उनले आफूहरु मुलधारको बैंकभन्दा फरक ढंगले काम गरिरहेको पनि बताए । केसीले आफूहरु रहेको निष्क्रिय निक्षेप बैंकमा जम्मा गर्न आग्रह गर्दै आफूले त्यो पैसा लगानी गरेर आउने नाफा यसरी नै संस्थाहरुलाई सहयोग गर्नसक्ने बताए । उनले एनएमबि प्रतिष्ठित बैंक भएको र आफूहरुले नमुना कृषि गाउँ बनाउन लागिरहेको बताए ।

Advertisement

Advertisement