राष्ट्र बैंकले सय रुपियाँका नयाँ नोट छाप्न पुनः गर्यो बोलपत्र आह्वान

Advertisement




काठमाडौं।  नेपाल राष्ट्र बैंकले ४० करोड थान एक सय रुपियाँका नोट छाप्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले यसअघि  कात्तिक २९ गते आह्वान गरेको बोलपत्रमा कुनै पनि संस्थाले आवेदन नगरेपछि पुनः माघ १६ गते दोस्रो पटक बोलपत्र आह्वान गरेको हो ।  योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपुर्ति गर्नुपर्ने राष्ट्र बैंकले जानकारी गराएको छ ।






राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीले फागुन ९ भित्र बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र खोलिएको १२० दिनसम्म म्याद रहने छ । बोलपत्र पेश गर्नका लागि २० हजार रुपैयाँ लाग्ने छ । तर उक्त रकम भने फिर्ता नहुने राष्ट्र बैंकले जनाएकोे छ ।

बोलपत्रका लागि ३ करोड १० लाख रुपैयाँ जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा फागुन ९ गते खोलिने राष्ट्र बैंकले बताएको छ ।




Advertisement

Advertisement

Advertisement