माछापुच्छ्रे बैंकको 'एजुकेसन हब’ सेवा सुचारु

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुका लागि‘एजुकेसन हब’सेवा शुरु गरेको छ । बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिककर्जा र अनलाईन भुक्तानी सेवा तथा परामर्श सहज रुपमा प्रदान गर्ने उद्दश्यले सो सेवा सञ्चालनमा ल्याएको हो । उक्त‘हब’बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने बैंकले जानकारी जनाएको छ ।

बैंकको काठमाडौं स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ । अब विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न र कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् । विद्यार्थीहरुले सोही‘हब’बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै ः पीटीई, आइएलटीएस, जीम्याट, जीआरई, टोफेल, स्याट, एसीसीए, अष्ट्रेलियन भिजा फि, कलेज एप्लिकेसनलगायतका विषयमा जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।

यस बाहेक विद्यार्थीहरुले शाखामार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ्ग बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बंैकले राखेको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गर्नुको साथै बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement