साना तथा मझौला व्यवसायीको समस्या- वित्तीय तथा बजारमा सहज पहुँच, नविन प्रविधि

Advertisement

काठमाडौं । साना तथा मझौला उद्यम व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहु“च, गुणस्तर सुधार तथा सीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग अपरिहार्य भएको बताएका छन् ।

आर्थिक सहयोग तथा विकासका लागि संगठनको दक्षिण पूर्व एसिया हेर्ने साना तथा मझौला व्यवसायसम्बन्धी नीति तथा परियोजना प्रवन्धक म्याक्स बुलाकोभोस्कीको उपस्थितिमा बिहीबार महासंघ सचिवालयमा आयोजित घरेलु, साना तथा मझौला उद्योगको विद्यमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीहरूले ओइसीडी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग नेपाली उद्यमी व्यवसायीहरूले खोजेको बताए ।

विशेष गरी नेपालका साना तथा मझौला उद्योग व्यवसायले पर्याप्त वित्तिय सहयोगको अभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, नीतिगत अप्ठेराहरू, कमजोर संस्थागत संयन्त्र, पुरानै परम्परा अनुसार व्यवसाय संचालन गर्नुपर्ने बाध्यता, नविन प्रविधिको प्रयोग तथा पर्याप्त सूचनाको अभाव लगायतका समस्या भोग्नु परेको
छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले नेपाल जस्ता मुलुकका लागि घरेलु, साना तथा मझौला उद्योग व्यवसायको निकै ठूलो महत्व रहेको तर विभिन्न कारणबाट यो क्षेत्र अगाडी बढ्न नसकेकाले ओइसीडी जस्ता यसै क्षेत्रमा कार्यरत संस्थाहरूबाट सहयोगको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए ।

यस कार्यक्रमबाट ओइसीडीसंगको सहकार्यलाई आगामी दिनमा अगाडी लैजान थप सहयोग पुग्ने विश्वास आफूहरूले गरेको पनि उनले बताए । सहभागी व्यवसायीहरुले ओइसीडीबाट खासगरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, गुणस्तर सुधार, प्रविधि प्रयोग, नेपाली उत्पादनहरूको अन्तराष्ट्रिय ब्राण्ड स्थापना लगायतमा सहयोगको अपेक्षा गरेको सो अवसरमा बताएका थिए ।

महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले नेपालको औद्योगिक विकासको महत्वपूर्ण आधारको रूपमा रहेको एसएमइजलाई प्रभावकारी ढंगलले अगाडी बढाउन ओइसीडी र महासंघबीच सहकार्य जरुरी रहेको बताए ।

प्रवन्धक म्याक्स बुलाकोभोस्कीले नेपाली उद्यमीहरूबाट पाएका सुझावका आधारमा के कसरी सहकार्य गरि अगाडी बढ्न सकिन्छ ? त्यसबारे आफूले सकेको सहयोग गर्ने विश्वास दिलाए । उनले ओइसीडीले निजी क्षेत्रस“ग विशेष गरी लगानी प्रवद्र्धन, ग्लोवल भ्यालु चेन, एसएमइजको विकास, उद्योग व्यवसायको पक्षमा लवि गर्ने, मनिटरिङ सपोर्ट लगायतमा काम गर्दै आएकाले आउ“दा दिनमा के कसरी सहकार्य गर्न सकिन्छ ? भन्ने विषयमा महासंघसँग सम्पर्कमा रहेर कार्य गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement