सिटी एक्सप्रेसले अब यूकेबाट पनि सेवा प्रदान गर्ने

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब यूके बाट पनि सुरु भएको छ ।

सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सात हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, यूके बाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ ।

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युके को तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिटान्स बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement