सुनको मूल्य फेरी घट्यो, यस्तो छ आजको मूल्य

Advertisement

काठमाडौं । साताको छैटौँ दिन आज शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार प्रतितोला ६३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पाँच सय रुपियाँले घटेर ६२ हजार छ सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, विहिबार प्रतितोला ६३ हजार आठ सय रुपियाँमा कारोबार भईरहेको तेजाबी सुनको मूल्य पनि पाँच सय रुपियाँले घटेर प्रतितोला ६२ हजार तिन सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, हिजो विहिबार सात सय ८५ रुपियाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज १०रुपियाँले घटेर प्रति तोला सात सय ७५ रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement