धितोपत्र बोर्डका अध्यक्ष कार्कीको विरोधमा उत्रिएका ब्रोकर छलफलमा

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीविरुद्ध विरोधमा उत्रिएका शेयर दलाल (ब्रोकर) व्यवसायीलाई बोर्ड अध्यक्ष कार्कीले छलफलमा बोलाएका छन् । बोर्ड अध्यक्ष कार्कीले अपमानित गरेको भन्दै विहीबार बोर्ड घेराउ गरेका ब्रोकर शुक्रबार छलफलमा पुगेका हुन् ।

गत मंगलबारको संघिय संसदीयको अर्थ समितिको बैठकमा अध्यक्ष कार्कीले ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानभाटलाई अपमानित गरेको भन्दै ब्रोकरहरु बोर्ड अध्यक्ष विरुद्ध मोर्चाबन्दीमा उत्रिएका थिए ।

बोर्ड अध्यक्ष कार्कीको नराम्रो व्यवहारले ब्रोकरहरु अपमानित हुनुका साथै व्यवसायिक कृयाकलापमा प्रश्नचिन्ह उठाइएको आरोप लगाउदै उनीहरुले विहीबार धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका थिए । बोर्ड अध्यक्ष कार्कीले छलफलमा बोलाएपछि आफुहरु धितोपत्र बोर्डमा पुगेको जानकारी ब्रोकरहरुले दिएका छन् ।

Advertisement

Advertisement

Advertisement