जनउत्थानले करिब तीन लाख कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

Advertisement

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एक बराबर एकको अनुपातमा दुई लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

हाल जनउत्थानको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रदपछि कायम हुने चुक्त पुँजीमा १०% बोनस सेयर दिने निर्णय गरसकेको छ । हकप्रद र बोनसपछि यसको चुक्ता पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement