माउन्टेन हाइड्रोको आईपिओमा आवेदन खुल्यो, ५० देखि ८० हजार कित्तासम्मको आवेदन दिन पाईने

Advertisement

काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले फागुन २३ गते आज देखि साधारण शेयर आईपिओ निष्काशन गरेको छ। कम्पनीले कूल १८ करोड १६ लाख ११ हजार रुपियाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो ।

कम्पनीमा १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो ।

निष्काशन गरिएको कूल शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

माउन्टेन हाईड्रो नेपालको आइपिओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपियाँ देखि ८० हजार कित्ता अर्थात ८० लाख रुपियाँसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि निष्काशन गरेको १२ लाख ५० हजार कित्ता आईपिओमध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री भएको थिएन ।

आईपिओको बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटल नक्साल रहेको छ । लगानीकर्ताले सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

यस आईपिओ फागुन २८ गते सम्ममा बन्द हुनेछ भने यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने चैत २२ गतेसम्म आवेदन खुला रहनेछ कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement