एनसीसी बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

Advertisement

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement