नेपाल बैंकले गर्यो सीइओ शाहलाई सम्मानसहित बिदाई

Advertisement

काठमाडौं।  नेपाल बैंकका सिइओ देवेन्द्रप्रताप शाहले आफ्नो चार बर्षे कार्यकाल पुरा गरी अवकाश भएका छन् । चार वर्षदेखि नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली आफ्नो कार्यकाल पूरा गरेका शाहलाई बिहीबार एक समारोहका बीच बिदाई गरिएको छ ।

निवर्तमान सिइओ शाहलाई नेपाल बैकका संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी, नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी र विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले सम्मानित गरे ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष अधिकारीले सिइओ शाहसँग छोटो समयमात्र काम गर्न पाएतापनि उनको परिपक्व व्यवस्थापन शैलीबाट आफू अत्यन्त प्रभावित भएको बताए । उनले भने–उनको कार्यकालमा वित्तीय सवलिकरणमा बैंकले उच्च सफलता प्राप्त गरेको छ ।

सो अवसरमा निवर्तमान सिइओ शाहले नेपाल बैंक बिरामी रहेको र सुधारात्मक काम गर्दा गर्दै ४ वर्षे कार्यकाल पूरा गरेको बताए । खुद सम्पत्ति, पूँजी पर्याप्तता अनुपात, प्रति शेयर आम्दानी, खुद नाफा लगायतका अधिकांश परिसूचकमा बैंकलाई पाँचौ–छैठौं स्थानमा ल्याउन सकेको भन्दै उनले सन्तोष व्यक्त गरे ।

यस अवधिमा आफूले गर्न नसकेका कामहरुबारे बैक संचालक समितिलाई सुझाव पेश गरेको उनले बताए । बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण समय आएको बताउँदै उनले भने– आगामी दिनमा नयाँ सोच, खोज र कार्यशैलीका साथ ग्राहक केन्द्रित भई नतिजामुखी ढंगले अघि बढ्नु जरुरी छ ।

आफनो आगामी निजी योजनाबारे प्रकाश पार्दै शाहले आफू एक लेखक पनि भएको यस बैकमा आएपछिका सुनौला १४६० दिनमा हरेक दिन केही न केही लेखेको ,अव ती लेखिएका कुराहरु सम्पादन गर्ने र जीवनको लामो खण्ड व्यावसायिक व्यस्ततामा विती पारिवारिक सामाजिक जीवनमा पूर्ण मानिस बन्न नसकेकोमा अव आफू पूर्ण मानिस बन्ने प्रयत्न गर्ने अभिव्यक्ति दिए ।

उक्त कार्यक्रममा बैकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैकलाई वित्तिय हिसावले सवल र गतिशील बनाउन निवर्तमान प्रमुख कार्यकारी अधिकृत शाहद्वारा पु¥याईएको योगदानको हार्दिक सराहना व्यक्त गरे ।

साथै, आगामी दिनमा बैकको प्रमुख सद्भाव राजदूतको भुमिका निर्वाह गरिदिन शाहलाई आग्रह गरे । उनले दिएको व्यवस्थापकीय दिशावोधलाई पछ्याईने प्रतिवध्दता सहित उनको व्यक्तिगत जीवनको सफलताको कामना व्यक्त गरे ।

शाहले खुल्ला प्रतिष्पर्धाबाट २०७१ चैत ११ गते नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल यही चैत ११ गते सकिएको थियो । सो पश्चात बैक संचालक समितिद्वारा अर्को व्यवस्था नभएसम्म बैकका नायव प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement