सेञ्चुरी कमर्सियल बैंकको क्यालेन्डर आयो

Advertisement

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बिमोचन गरेका छन्। उक्त क्यालेन्डर भिजिट नेपाल २०२० को सन्दर्भमा सातैवटा प्रदेशका पर्यटकीय स्थललाई समेटेर तयार गरेको बैंकको भनाइ छ। क्यालेन्डरमा नेपाल सरकारबाट स्वीकृत बिदा र चाडपर्वसमेत उल्लेख गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर तथा बाहिर ९८ शाखा, दुई एक्सटेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ एकाइ गरी एक सय ३२ स्थानबाट सेवा दिइरहेको छ।

Advertisement

Advertisement

Advertisement