मिडिया एक्स्पो यही चैत २८ बाट, मिडिया सम्मेलन पनि गरिने

Advertisement

काठमाडौं । यही चैत्र २८ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो’ आयोजनाको अन्तिम तयारी गरिएको छ । एकाडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्टले आयोजना गर्न लागेको यस एक्स्पोमा स्वदेशी र विदेशी सहभागीहरु थपिने क्रम जारी रहेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

आयोजक कम्पनीका कार्यकारी निर्देशक डम्बर शाहूले मिडिया र यससँग सम्वन्धित् उद्योगहरुको विकासका लागि पहिलो पटक यस किसिमको मेला गर्न लागिएको बताए । उनले मेलासँगै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन पनि आयोजना हुने बताए । सम्मेलनमा ४५ भन्दा बढी मिडिया बिज्ञहरु, सरोकारवालाहरु, मिडिया लगानीकर्ताहरुले कार्यपत्रहरु प्रस्तुत गर्ने जनाइएको छ । यस सम्मेलनमा देश तथा विदेशबाट चार सय ५० भन्दा बढी सहभागी हुने शाहूले बताए ।

Advertisement

Advertisement

Advertisement