नयाँ निक्षेप योजनाबारे प्रदेशस्तरमा जानकारी गराउँदै एनआईसी एशिया बैंक

Advertisement

विराटनगर । एनआईसी एशिया बैंकले विभिन्न २२ वटा विशेषता भएको नयाँ निक्षेप योजनाबारे प्रदेशस्तरमा जानकारी गराउन सुरु गरेको छ ।

बैंकको विराटनगरस्थित प्रदेश कार्यालयले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी उसको बचत तथा ऋण प्रवाहसँग सम्बन्धित योजनाबारे जानकारी गराएको हो । बैक २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा २० चैतदेखि सर्वाधिक उच्च ब्याजदरसँगै २२ वटा चमत्कारिक विशेषतासहितको १५ नयाँ बचत निक्षेप योजना ल्याएको बैंका प्रदेश प्रमुख लक्ष्मण चालिसेले जानकारी दिए ।

चमत्कारिक बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई लक्षित गरी चमत्कारिक तलब बचत खाता संचालनमा ल्याएको बताइएको छ । चमत्कारिक बचत खाता बैंकको २ सय ८० वटै शाखा कार्यालय र अनलाइनबाट सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैकले आफना मुलुक भर १५ लाख ग्राहक भएको जनाएको छ । प्रदेश प्रमुख चालिसेले प्रदेश एकमा १४ जिल्ला मध्ये ११ वटा जिल्लामा आफनो सेवा प्रदान गर्दै आएको बताए ।

प्रदेश १ मा बैकको ५२ शाखा कार्यालय, ६४ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर एवं ८ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन् । यो प्रदेशमा ३ लाख दुई हजार ग्राहक छन् । बैकले १८ दशमलव ६० अर्ब निक्षेप संकलन र २८ अर्ब २० करोड बराबरको लगानी गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement