यस महिना ह्यास ट्याग ‘फोटो नेपाल’मा जंगली जीवजन्तु

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गरिरहेको ह्यास ट्याग ‘फोटो नेपाल’ प्रदर्शनीअन्तर्गत अप्रिल महिनामा हुने प्रदर्शनीमा वाइल्डलाइफ फोटोग्राफर सागर गिरिले खिचेका तस्विरहरु प्रदर्शनी गरिएको छ ।

उनले खिचेका नेपालमा पाइने जंगली जनावर एवं चराचुरुङ्गीका तस्बिरहरु प्रदर्शनी गरिएको हो । प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारदेखि आयोजनाहुने यस प्रदर्शनी यसपटक चैत्र २२–२८ मा हुने पर्यटन बोर्डले जनाएको छ ।

यस प्रदर्शनीमा जङ्गली जीवजन्तुका ३५ फोटोहरु राखिएका छन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले फोटोनेपालले यसपटकको अंकमा विश्व मै नेपाल अनूपम गन्तब्यका रुपमा चिनाउने विविधताले भरिपूर्ण विशेषता जङ्गली जनावरलाई स्थान दिएको बताए । बिगत चार वर्षदेखि हरेक महिना बोर्डले नियमित रुपमा फोटो नेपालको आयोजना गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement