गुराँस लघुवित्तलाई आइपीओ जारी गर्ने अनुमति

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गुराँस लघुवित्त वित्तीय संस्थालाई आइपीओ जारी गर्न अनुमति दिएको छ ।

संस्थाले बोर्डको अनुमति पाएसंगै दुई लाख ५० हजार कित्ता आइपीओ जारि गर्ने जनाएको छ।  आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम  एनआइबीएल एस क्यापिटलले गर्ने संस्थाले जनाएको हो।  गुराँसको आइपीओमा लाई प्रतिकित्ता सय रुपियाँका दरले आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ।

यसको अधिकृत पुँजी १० करोड रुपियाँ र जारी पुँजी सात करोड ७५ लाख रुपियाँ रहेको छ भने जारी पुँजीमध्ये पाँच करोड २५ लाख रुपियाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको संस्थाले जनाएको  छ । बाँकी पुँजी सर्वसाधारणलाई आइपीओ बेचेर पुर्याउन लागेको संस्थाले जनाएको हो ।

 

Advertisement

Advertisement

Advertisement