युनियन हाइड्रोपावरको आईपिओमा ४० हजारको आवेदन, म्याद बैशाख १२ गतेसम्म

Advertisement

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले निष्काशन गरेको शेयरमा ४० हजार आवेदकले ३२ करोड रुपियाँ बराबरको आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकाअनुसार यो कूल निष्काशनको ९०।७५ प्रतिशत हो।

कम्पनीले सर्वसाधारणको लागि ३५ लाख ३४ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा  ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। कम्पनीले ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका सार्थ मेरो शेयर सफ्टवेयरबाट पनि आईपिओ भर्न सकिन्छ। इक्रा नेपालले कम्पनीको आईपिओलाई औसतभन्दा तल आधार जनाउने इक्रा एनपी आईपिओ ग्रेड ५ु रेटिङ्ग प्रदान गरेको छ।

ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ। युनियन हाइड्रोपावरले निमार्ण गरेको ३।३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ भने २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माणको अनुमति पाएको छ । हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपियाँ छ ।

युनियनले आईपिओमा चैत १७ गतेसम्म सबै शेयर बिक्री नहुँदा आवेदन गर्ने समय लम्बिएको हो । अब ढिलोमा बैशाख १२ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन परेको खण्डमा जुनसुकै समयमा पुर्व सूचना दिएर बिक्री प्रबन्धकले निष्काशन बन्द गर्न सक्नेछ। यो शेयरमा बैंक तथा वित्तीय संस्थाका अलावा मेरो शेयरमार्फत अनलाइनबाटै पनि आवदेन दिन सकिन्छ।

Advertisement

Advertisement

Advertisement